यु–१९ एसिया कप : नेपालको सान्त्वना जित

काठमाण्डु टुडे २०७० पुष १६ गते ९:३३ मा प्रकाशित

can-cricketकाठमाण्डु, १६ पुस – युएइमा जारी अण्डर १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सान्त्वना जित दर्ता गरेको छ ।

पहिलो र दोस्रो खेल गुमाएको नेपालले समूह चरणको अन्तिम खेलमा युएइ विरुद्ध ४ विकेटले विजयी भयो ।
घरेलु टिम युएइले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य नेपालले ३३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

नेपाललाई जिताउने क्रममा आरिफ शेखले सर्वाधिक ४८, राजु रिजालले २७, प्रकाश विष्टले २२ तथा सिद्धान्त लोहनीले १९ रनको योगदान गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइ १ सय ५९ रनमा समेटिएको थियो । युएइको इनिङमा ‘डान सेभियो डिसुजा’ले सर्वाधिक ३२ र जमिन जलिलले ३१ रनको योगदान गरे ।

नेपालका लागि सुसान भारीले ४, ललितसिंह भण्डारीले ३, भुवन कार्कीले २ तथा रामनरेश गिरीले १ विकेट लिए । पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा भारतसँग फराकिलो हार ब्योहोरेको नेपाल अघिल्लो चरण नपुग्ने लगभग पक्का भइसकेको छ ।

कुनैपनि खेल नजितेको युएइ पनि समूह चरणबाटै बाहिरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us