
काठमाण्डु, १५ पुस – राष्ट्रिय सहिद तथा शान्ति उद्यानले दक्षिण अफ्रिकी रङ्गभेदी विरोधी नेता तथा शान्ति र एकताका प्रतीक नेल्नस मन्डेलाको स्मृतिमा उद्यान परिसरमा सोमबार वृक्षरोपण गरेको छ । सो अवसरमा विभिन्न जातका बिरुवा रोपिएको थियो ।
कार्यक्रमको शुभारम्भ गर्दै नेकपा (एमाले)का नेता एवम् काठमाण्डु क्षेत्र नं. ३ बाट नवनिर्वाचित सभासद् रामेश्वर फुयाँलले सबै दलको सहमतिमा एक वर्षभित्र संविधान जारी गरिनुपर्ने बताए ।
उद्यानका अध्यक्ष सुदर्शन सिग्देलले मन्डेलाको जीवनबाट नेपाली राजनेताले पनि पाठ सिक्नुपर्ने बताउँदै यस्ता कार्यलाई अभियानकै रुपमा लैजाने जानकारी दिए ।
स्थानीय विकास अधिकारी प्रेम जोशी, पूर्व जिल्ला उपसभापति माधव खनाल, नेपाली काँग्रेसका नेता रामलाल श्रेष्ठलगायतले मन्डेलाको राजनीतिक जीवन र रङ्गभेदी अभियानबारेमा बोलेका थिए ।