
काठमाण्डु, १५ पुस – संविधानसभामा प्रतिनिधित्व गर्न समानुपातिक समासदको नामावली बुझाउने अन्तिम दिन साँझसम्ममा २६ दलले सूची बुझाएका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, एमाअोवादीसहितका २६ दलका ३ सय १९ जना सभासदको नामावली प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
संविधानसभामा समानुपातिकतर्फ कुल ३ सय ३५ जना सभासदले प्रतिनिधित्व गर्ने छन् । २ सय ४० जना प्रत्यक्ष निर्वाचित भएका छन् भने, २६ जनालाई मन्त्री परिषदले मनोनित गर्ने छ ।
आयोगका अनुसार ४ वटा दलले सूची बुझाउन बाँकी छ ।
नामावली बुझाउन बाँकी दलहरुमा मधेसी जनअधिकार फोरम नेपाल, नेपाली जनता दल, तराई मधेस सद्भावना पार्टी र संघीय समाजवादी रहेका छन् । आयोगले सोमबार राति १० बजेसम्म नामावली बुझ्ने जनाएको छ ।