
जाजरकोट, १४ पुस – चुनावमा अन्तरघात गरेर पार्टीको आधिकारीक उम्मेदवारलाई हराएको भन्दै नेपाली काँग्रेस जाजरकोटले पाँचजना नेता विरुद्ध कारबाहीको सिफारिस गरेको छ ।
पार्टीका जिल्ला नेताहरु झलकनाथ वाग्ले, उनकी श्रीमती चिन्ताकुमारी वाग्ले, राम शाह, रमेश सिंह र सनत कार्की विरुद्ध कारबाहीको सिफारिस गरिएको हो ।
काँग्रेस जाजरकोट–१, का उम्मेदवार दीपक शाहले चुनाव हारेपछि काँग्रेसभित्र तीव्र विवाद उत्पन्न भएको हो । आफूहरुले अन्तर्घात नगरेको भन्दै उनीहरुले शाहले आफूहरुलाई कारबाहीका लागि सिफारिस गर्नु तानाशाही प्रवृति भएको बताएका छन् ।
आफूले चुनाव हारेलगत्तै खलङ्गाको गैरी खालीमा भएको आमसभामा बोल्दै शाहले चुनाव हार्नुमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र प्रहरी नायब उपरीक्षकको हात रहेको आरोप लगाएका थिए ।