
काठमाण्डु, १३ पुस – अण्डर १९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिडिरहेको छ ।
दुबइमा जारी खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
बलियो प्रतिद्वन्द्वी पाकिस्तानको चुनौति पन्छाउनु नेपालका लागि चुनौतिपूर्ण हुनेछ । नेपाल रहेको समूह ‘ए’मा टेष्ट मान्यता प्राप्त राष्ट्रहरु भारत र पाकिस्तान तथा युएइ रहेका छन् ।
समूह ‘बी’मा भने बंगलादेश, श्रीलंका, अफगानिस्तान र मलेसिया रहेका छन् ।
नेपालले आफ्नो दोस्रो खेलमा आइतबार भारत र मंगलबार युएइको सामना गर्ने छ । कठिन समूहमा रहेपनि आफूहरु फाईनलसम्म पुग्ने नेपाली टोलीका कप्तान भुवन कार्कीको विश्वास छ ।