मुस्लीम ब्रदरहुड आतंककारी घोषित

काठमाण्डु टुडे २०७० पुष ११ गते ३:३८ मा प्रकाशित

काठमाण्डु, ११ पुस–इजिप्टको अन्तरिम सरकारले अपदस्थ राष्ट्रपति मोहमद मोर्सिको पार्टी मुस्लीम ब्रदरहुडलाई आतंककारी घोषणा गरेको छ । यसअघि सो पार्टीका कार्यकर्ताहरुले प्रहरी मुख्यालयमा आक्रमण गरेपछि सैनिक समर्थित सरकारले प्रतिबन्ध लगाइसकेको थियो ।

इजिप्टका उपप्रधानमन्त्री होज्मा एक्साले मुस्लीम ब्रदरहुड पार्टीलाई आतंककारी घोषणा गर्दै अबदेखि सो पार्टीको प्रचार गर्ने र सहयोग गर्नेहरु कारवाही गर्ने चेतावनी दिएका छन् । ब्रदरहुडलाई आतंककारी घोषणा गरेसँगै सरकार अझै शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् ।

सैनिक कू मार्फत् मोर्सिलाई राष्ट्रपति पदबाट हटाएपछि अन्तरिम सरकारले ब्रदरहुडका हजारौं कार्यकर्ताहरुलाई पक्राउ गरिसकेको छ । तत्कालीन राष्ट्रपति होस्नी मुबारकलाई जनआन्दोलनमार्फत् हटाएपछि मोर्सि राष्ट्रपति बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us