
काठमाण्डु, ११ पुस–अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागीता जनाउन नेपाली टोली विहीबार युएई जाँदै छ । पर्सि युएईमा शुरु हुने प्रतियोगितामा सहभागी हुन भुवन कार्की नेतृत्वको क्रिकेट टोली त्यसतर्फ जान लागेको हो ।
१५ सदस्यीय नेपाली टोलीलाई बुधबार नै विदाई गरिएको थियो ।
समूह ‘ए’ मा रहेको नेपालले समूह चरणको पहिलो खेलमा १३ गते पाकिस्तानसँग खेल्ने छ । १४ गते हुने दोस्रो खेलमा भारतसँग र १६ गते आयोजक युएईसँग नेपालले सामना गर्ने छ ।
समूह ‘बी’ मा भने बंगलादेश, श्रीलंका, अफगानिस्तान र मलेसिया रहेका छन् ।