
काठमाण्डु, ११ पुस– श्रीलंका विरुद्धको पाँच एक दिवसिय क्रिकेट सिरिज पाकिस्तानले ३–१ ले जितेको छ । यसअघि नै दुई–एकले अग्रता लिइसकेको पाकिस्तानले गएराति सम्पन्न चौथो एक दिवसीय खेलमा श्रीलंकालाई ८ विकेटले हराउँदै सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो ।
युनाइटेड अरब इमिरेट्स अबुधाबीमा रहेको शेखजाहेद रंगशालामा श्रीलंकाले दिएको २२६ रनको लक्ष्य पाकिस्तानले ४१ ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेटायो । पाकिस्तानको जितमा मोहमद हाफिजले अविजित ११३ रन योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४८ ओभर ५ बलमा २२५ रन बनाएको थियो । श्रीलंकालाई सस्तैमा समेट्न पाकिस्तानका साजिद अजमलले ४ तथा उमर गुलले ३ विकेट लिएका थिए ।