
विराटनगर, १० पुस – मौसममा आएको परिवर्तनले पूर्वी तराईमा अत्याधिक चिसो बढेको छ । तराईमा सम्भवत पुसको पहिलो हप्तादेखि माघको अन्तिमसम्म कडा जाडो हुने गर्दछ । जाडोबाट बच्न मानिसहरु बाक्लो, न्यानो लुगा लगाउँछन् भने खानेकुरा तागतिलो खानेकुरा खाने गर्दछन् ।
जाडोमा खास गरी बालबालिका र वृद्ध नागरिक बढी प्रभावित हुने गर्दछन् भने आर्थिक विपन्नता हुने कतिपय मानिस कठ्याङ्ग्रिएर मर्ने गर्दछन् । यो सिजनमा न्यानो लुगाफाटोको बिक्री बढ्नुका साथै माछा, मासु, अन्डाको बिक्री पनि बढ्ने गर्दछ ।
चिसोले बजारमा आज सवारीसाधनको चाप कम देखिएको छ । चिसो र हुस्सुले विराटनगर विमानस्थलमा हवाई उडान पनि प्रभावित भएको छ ।
आकास खुलेपछि मात्र उडान हुने विराटनगर विमानस्थलले जानकारी दिएको छ । यसैगरी, चिसोको कारण विराटनगरबाट काठमाडाँै जाने यात्रुले वतानुकूलीत गाडीहरु बढी मन पराउने गरेका छन् । रासस