
काठमाण्डु, ९ पुस – नेकपा–माओवादी महासचिव रामबहादुर थापाले बर्तमान संबिधानसभा भंग नगरेसम्म समस्या समाधान नहुने दाबी गरेका छन् ।
मंगलबार नेपालगन्जमा थापाले संबिधानसभाको दोस्रो निर्वाचनमा जनताले राजनीतिक दललाई दिएको जनमत र निर्वाचनको बिधि अलोकतान्त्रिक भएको आरोप लगाए ।
राजनीतिक सभाबाट समस्याको समाधान खोज्नु पर्ने थापाको भनाइ छ । ‘हरेक निर्वाचन प्रकृया लोकतान्त्रिक हुदैनन्’, थापाले भने,’अरु विधि र प्रकृया पनि लोकतान्त्रिक हुन्छन् । त्यसैले अब विधी परिवर्तन गर्नु जरुरी छ ।’
राजनीतिक सभाका लागि केही दलहरुसँग छलफल भइरहेको उनको भनाइ छ । यस बारेमा काँग्रेस, एमाले र एमाओवादीसँग भने कुनै छलफल नभएको थापाले बताएका छन् ।