महिला मृत फेला

काठमाण्डु टुडे २०७० पुष ८ गते ९:०९ मा प्रकाशित

बैतडी, ८ पुस – बैतडीको सिद्धपुर–६, मटेगाउँकी ४३ वर्षीया सीता भट्ट मृत अवस्थामा फेला परेकी छन् । आइतबार बेलुका आफ्नै कोठामा सुतेकी गएकी भट्ट ओछ्यानमै मृत फेला परेको स्थानीय खोड्पे प्रहरी चौकीले जनाएको छ ।     मृतक महिलाको मुख, हात र खुट्टा सुन्निएको अवस्थामा फेला परेको र उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
माइती पक्षले उनको मृत्युको कारण शङ्कास्पद रहेको बताएपछि प्रहरीले महिलाका श्रीमान् भानुभक्त भट्ट र माइती पक्षलाई सदरमुकाम बोलाएको चौकीका प्रमुख भीम चन्दले जानकारी दिए ।
मृतकका दाजु रघुविर भट्टले बहिनीको मृत्यु रहस्यमय रहेको दाबी गरेका छन् । मानसिक अवस्थासमेत सामान्य नरहेको उनको केही महिनादेखि धामी झाँक्रीले उपचार गर्दै आएको खुलेको छ । मृतक महिलाका आठ छोरी र दुई छोरा रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us