
पोखरा, ७ पुस– प्रहरीले कास्कीबाट लागुऔषधका दुई कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा पोखरा नयाँबजार बस्ने सञ्जिता गुरुङ र सिद्धार्थ नगर वडा नं १३ का लाला चौहान छन् ।
उनीहरुबाट प्रहरीले नर्फिन इन्जेक्सन १९२ थान, डाइजेपाम इन्जेक्सन १९२ थान, फेनारगन इन्जेक्सन १९२ थान, मोबाइन चार थान र नगद चार हजार ८७० पनि बरामद गरेको छ । रासस