
काठमाण्डु, ६ पुस– कांग्रेसको अनुसासन समितिले चुनावमा अन्तर्घातको आरोप समानुपातिकतर्फका उम्मेदवारलाई ४८ घण्टाको समय दिएर स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
शनिबार काठमाडौंमा बसेको समितिको बैठकले यस्तो निर्णय दिएको हो ।
करिब ३० जना विरुद्ध परेको उजुरीमाथि प्रारम्भिक अध्ययन गर्दै समितिले यस्तो निर्णय गरेको कांग्रेसको अनुसाशन समितिका संयोजक दिपकुमार उपाध्यायले जानकारी दिए ।
उजुरी परेका माथि थप कारबाहीको मोडालिटि तय गर्न आइबार समितिको बैठक बोलाइएको उपाध्यायले बताए ।
कांग्रेसमा पार्टीका प्रत्यक्षतर्फका उम्मेदवारलाई चुनावमा हराउन लागिपरेको भन्दै ३० जना भन्दा धेरै समानुपातिक उम्मेदवार विरुद्ध अनुसाशन समितिमा उजुरी परेको छ ।
पार्टीका केन्द्रीय सदस्यहरु विरुद्ध नै यस्तो उजुरी परेपछि जारी केन्द्रीय समिति बैठकमा नेताहरुबीच यही विषयमा चर्काचर्की समेत भएको थियो ।