
दार्चुला, ६ पुस – दार्चुलामा एक सातादेखि खाना पकाउने एलपी ग्यासको अभाव भएको छ ।
बजारमा ग्यासको अभाव देखिन थालेपछि विभिन्न ठाउँबाट दार्चुला जिल्ला सदरमुकाममा आई अध्ययन गर्ने विद्यार्थी र होटल व्यवसायी सबैभन्दा बढी मारमा परेका छन् ।
खलङ्गामा भेरी, रेडियन्ट र मनकामना गरी तीनवटा ग्यास बिक्री हुने गरेका छन् । रेडियन्ट ग्यासका अधिकृत बिक्रेताले गएको साता ग्यास सकिएको बताएका छन् ।
आजभोलि दिनहुँ १५ जनाभन्दा बढी उपभोक्ता ग्यासका लागि आउने गरेका र ग्यास नपाई उनीहरु रित्तो हात फर्किन बाध्य भएका रेडियन्ट ग्यास बिक्रेता महेश चन्दले बताएका छन् । रासस