
सिन्धुपाल्चोक, ५ पुस – सिन्धुपाल्चोकमा भालुको पित्तसहित एकजना पक्राउ परेका छन् ।
इलाका कार्यालय बाह्रविसेले शुक्रबार विहान तिब्बतको खासा निकासी गर्न लागिएको भालुको १० थान पित्तसहित एक जनालाई पक्रेको हो ।
भालुको पित्तसहित जलबिरे २ का बाबुकाजी थापालाई पक्रेको प्रहरीले जनाएको छ ।
जुत्तामा लुकाइएको अवस्थामा उक्त पित्त फेला परेको हो ।