भारतमा लुटिइन नेपाली महिला

काठमाण्डु टुडे २०७० पुष ५ गते ९:०५ मा प्रकाशित

lootकञ्चनपुर, ५ पुस– भारतको हल्द्धानीमा एक नेपाली महिला लुटिएकी छन् ।

भारतबाट नेपाल फर्कनेक्रममा उनी लुटिएकी हुन् ।

भारतको उत्तराञ्चल प्रदेशबाट नेपाल फर्कन लागेकी मुगु पिना गाविस २ टोप्लाकी ३७ वर्षीया जानकीदेवी दमाई बुधबार साँझ लुटिएकी हुन् ।

अज्ञात समूहले जानकीबाट ६० हजार भारुसहित उनको साथमा रहेको दुई तोला सुन र दुई थान मोबाइल लुटेको छ ।

भारतको उत्तराञ्चल प्रदेशमा रोजगारीमा रहेका श्रीमान् धीरज दमाईंलाई भेट्न गएकी जानकी बुधबार हल्द्धानीस्थित बसपार्कको एक होटेलमा लुटिएकी बताइएको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us