
काठमाण्डु, पुस ४- एमाले नेता माधवकुमार नेपालले सरकार निर्माणको क्रममा कांग्रेसले ल्याउने प्रस्ताव कुरेर बसेको भन्दै चित्तबुझ्दो प्रस्ताव नल्याए विपक्षमा बस्ने चेतावनी दिएका छन् ।
उनले काग्रेंसले सबै पद आफैंले लिने गरी प्रस्ताव ल्याए एमालेले त्यसलाई नमान्ने बताए ।
उनले एमाले प्रतिपक्षमा बसे कांग्रेसले बनाउने सरकार गतिलो नबन्ने टिप्पणी समेत गरे ।
राष्ट्रपति हटाउने विषयमा विवाद कायमै रहेको भन्दै नेपालले सबै विषयमा चाँडै टुंगो लाग्ने बताए ।
उनले संविधान निर्माणमा कसैले बाधा व्यवधान गर्न नहुने बताए ।