
काठमाण्डु, ४ पुस- एकीकृत माओवादीले भोजपुरा समिति सचिवालय सदस्य तथा समानुपातिक उम्मेदवार सियारामप्रसाद कुशवाहा (फिरोज)लाई प्रहरीले गिरफ्तार गरेकोमा विरोध जनाएको छ ।
माओवादी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ती निकालेर त्यसको विरोध गरेका हुन् ।
सापकोटाले काशीप्रसाद तिवारी हत्या आरोप लगाइएको भएपनि कुशवाहाको उक्त घटनामा कुनै संलग्नता नभएको दावी गरेका छन् । उनले कुशवाह विरुद्ध कुनै उजुरी नपरेको समेत दावी गरेका छन् ।
माओवादीले कुशवाहालाई तुरुन्त रिहा गर्न पनि माग गरेको छ ।
विश्व हिन्दू युवा संघका तत्कालीन अध्यक्ष काशीप्रसाद तिवारीको तीन वर्षअघि वीरगन्जमा भएको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले कुशवाहालाई गत सोमबार चितवनबाट पक्राउ गरेको हो ।