
जाजरकोट, ४ पुस– जाजरकोटमा पाँच वर्षीया एक बालिका बलात्कृत भएकी छिन् ।
जगतिपुर १ कासतराका १५ वर्षीय सुरेन्द्रबहादुर नेपालीले स्थानीय पाँच वर्षीया बालिकालाई बलात्कार गरेका हुन् ।
घर नजिकै एक्लै खेलिरहेको बेला नेपालीले बालिकालाई नजिकैको बयरझाडीमा लगेर जबरजस्ती बलात्कार गरेको प्रहरीले जनाएको छ ।
नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालीले आफूले बलात्कार गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।