
काठमाण्डु, ४ पुस–नेपाली काँग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्रनम्बर १ का विजयी उम्मेदवार प्रकाशमान सिंहले यही मंसिर चार गते सम्पन्न संविधानसभा चुनावमा भएको खर्च विवरण पेश गरेका छन् ।
काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको विवरण अनुसार सिंहले चुनावमा ७ लाख ७३ हजार ४ सय ९० रुपैयाँ मात्रै खर्च गरेका छन् ।
सबैभन्दा धेरै बुथमा र सबैभन्दा कम मतदाता नामावलीको सिडी खरिदमा खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।