
काठमाण्डु, ४ पुस–श्रीलंका विरुद्धको एक दिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ । युएईको सारजहाँ क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकालाई ११ रनले हराउँदै पाकिस्तानले विजयी शुरुआत गरेको हो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले पूरै ओभर खेल्दा ५ विकेट गुमाउँदै ३ सय २२ रन बनाएको थियो । पाकिस्तानका मोहमद हाफिजले सबैभन्दा धेरै १ सय २२ रन बनाए ।
३ सय २३ रनको विजय लक्ष्य पछ्याएको श्रीलंका ४९ ओभर चार बलमा ३ सय ११ रनमा सिमित भयो । श्रीलंकाको लागि कुशाल परेराले सबैभन्दा धेरै ६४ रन बनाए ।
पाँच खेलको श्रृङ्खला अन्तरगत दोस्रो खेल भोली दुबईमा हुने छ ।