
काठमाण्डु, ४ पुस–म्यानचेष्टर युनाइटेड र वेष्टहाम क्यापिटल वन कप फुटबलको सेमीफाइनलमा प्रवेश गरेका छन् । स्ट्रोक सिटीलाई उसकै घरेलु मैदानमा २–० ले हराउँदै म्यानु अन्तिम चारमा पुगेको हो । म्यानुको जितमा एस्ले योङ र प्याट्रिक इभ्राले गोल गरे ।
म्यानुले अब सेमिफाइनलमा सन्डरल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । सन्डरल्याण्ड चेल्सीलाई हराउँदै यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
अर्को खेलमा टोटन ह्यामलाई २–१ ले हराउँदै वेष्टहाम सेमिफाइनलमा प्रवेश गरेको छ । अब सेमिफाइनलमा वेष्टहाम र म्यानचेष्टर सिटी भिड्ने छन् ।
पहिलो सेमिफाइनल जनवरी ७ र दोस्रो सेमिफाइनल खेल जनवरी २१ तारिकमा हुनेछ ।