
फिदिम, ४ पुस– पाँचथर सदरमुकाम फिदिममा स्थानीय युवाको आक्रमणबाट एक प्रहरी जवान घाइते भएका छन् । आक्रमणबाट प्रहरी जवान पिङ्कु जयसवाल घाइते भएका हुन् । टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
आक्रमणकारीमध्ये दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय भिमसेन आङदम्बे र मोबिङ नेम्वाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेम्वाङको घरबाट एउटा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
गाँजा सहित एकजना पक्राउ
मोरङको रंगेलीमा लागु औषध गाँजा सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । दर्बेशा ६ का ३४ बर्षीय कर्ण ऋषिदेवलाई प्रहरीले १० किलो गाँजा सहित पक्रेको हो ।
उनले जुटको बोरामा राखेर साइकलमार्फत् गाँजा ओसार पसार गर्दै गर्दा गएराती पक्रेको प्रहरीले जनाएको छ ।