हत्या आरोपमा दुई पक्राउ

काठमाण्डु टुडे २०७० पुष ३ गते १३:५० मा प्रकाशित

Hatkadiकाभ्रे, ३ पुस– काभ्रेमा सवारी दुर्घटनामा परी घाइते भएका एक व्यक्तिको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीले सीपाली चिलाउने का २५ वर्षीय रामप्रसाद मैनाली र मेथिनकोट का ३२ वर्षीय गणेशबहादुर मैनालीलाई पक्रेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंसिर १९ गते छोरीले विदेशबाट पठाएको पैसा लिन बनेपा जाने क्रममा स्थानीय जितबहादुर मोक्तान सम्पर्कविहीन भएको र उनकोे शव जङ्गलमा फेला परेपछि अनुसन्धान गर्दै जाँदा उनीहरुले नै घाइते बनाएर जङ्गलमा फालेको खुलेको हो ।

विपी राजमार्गको सडकखण्डको काभ्रे गाविसमा बा ९ च २७७९ नं को जिपबाट खसेर मोक्तान घाइते भएको तर स्थानीय बासिन्दाको सहयोगमा उपचारका लागि उनीहरुले लिएर आएपनि उपचार गर्नुको साटो हत्या गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us