
काठमाण्डु, ३ पुस–विश्वकप क्रिकेटको तयारी गर्न श्रीलंका प्रस्थान गरेको नेपाली क्रिकेट टोलीले विहीबारदेखि अभ्यास खेल शुरु गर्दै छ । नेपाली टोलीले भोली श्रीलंकाको प्रिमियर लिग टिम कोल्टस क्रिकेट क्लबसँग पहिलो अभ्यास खेल खेल्ने छ ।
यसैगरी, शुक्रबार मुर्स स्पोर्टस क्लबसँग र अर्कोसाता अथोरेटी र ब्लुमफिल्ड क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ । यी चारै क्लब श्रीलंकाका क्रिकेट टोली हुन् । ४ वटै टोलीसंग राष्ट्रिय क्रिकेटमा नखेलेका तर बोर्डसँग करारमा रहेका खेलाडिले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोली श्रीलंकाबाटै पुष १२ गते न्यूजिल्याण्ड प्रस्थान गर्ने छ । न्यूजिल्याण्डसँग पनि नेपालले ४ वटा अभ्यास खेल खेल्नेछ ।