
काठमाण्डु, २२ मंसिर– नर्वेको महालेखापरीक्षकको कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई क्षमता अभिवृद्धिका साथै प्राविधिक सहयोग गर्ने भएको छ ।
नेपाल र नर्वेबीच आगामी सन् २०१५ को डिसेम्बरसम्म महालेखापरीक्षकको कार्यालयलाई प्राविधिक सहायता उपलब्ध गराउनेसम्बन्धी दुईवटा बेग्लाबेग्लै सहमतिपत्रमा पनि हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा नर्वेका महालेखापरीक्षक योर्गन कोस्मो र महालेखापरीक्षक भानुप्रसाद आचार्यले हस्ताक्षर गर्नुभएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षक आचार्यको नेतृत्वमा नर्वे भ्रमणमा गएको तीन सदस्यीय टोली शनिबारै स्वदेश फर्केको छ ।