
धुन्चे, २० मंसिर– करदाता सेवा कार्यालय बालाजुले रसुवाका व्यावसायिक केन्द्रको विहिबार अवलोकन गरेको छ ।
कार्यालयका प्रमुख कर अधिकृत लेखनाथ निरौलाको नेतृत्वमा आएको चार सदस्यीय टोलीले बेत्रावती, धुन्चे, स्याफ्रुबेंसी र टिमुरेलगायत क्षेत्रको अवलोकनपछि सबै व्यवसायीलाई करको दायरामा ल्याउन कर अधिकृत खटाउने सोचाइ भइसकेको जनाएको छ ।
भौगोलिक अवस्था र व्यवसायको क्षेत्र पहिचान भइसकेको जनाउँदै प्रमुख कर अधिकृत निरौलाले लाङ्टाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गका पर्यटन व्यवसायीलाई अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिन आग्रह गरे ।