
काठमाण्डु, २० मंसिर–नकआउट फुटबल प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि भएको एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत विहीबार दुई खेल हुँदैछन् ।
मध्यान्ह साढे बजे विभागीय टिम नेपाल प्रहरी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) भिड्ने छन् । दोस्रो खेलमा सरस्वती युुवा क्लब र ब्वाइज युनियन आमने सामने हुनेछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् ।
बुधबारको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई १–० हराएको थियो भने अर्को खेलमा जाउलाखेल युथ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेलेका थिए ।