
काठमाण्डु, १८ मंसिर–एनसेल कप फुटबल प्रतियोगिता अन्तरगत मंगलबार दुई खेल हुँदैछन् । काठमाण्डुको दशरथ रंगशालामा मध्यान्ह हुने पहिलो खेलमा थ्रीस्टार क्लब र सशस्त्र प्रहरी क्लब एपीएफ भिड्नेछन् ।
यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र ब्याइज युनियन क्लब आमने सामने हुनेछन् । यी दुई टोली दिउँसो साढे २ बजे भिड्ने छन् ।
सोमबारको पहिलो दिनको खेलमा नेपाल आर्मी र हिमालयन शेर्पा क्लब विजयी भएका थिए ।