
काठमाण्डु, १८ मंसिर– जर्नी टु वर्ल्डकप क्रिकेट प्रतियोगीतामा अहिले नेपालले भारतको दिल्ली वान्डरसको सामना गरिरहेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको क्रिकेट मैदानमा टस हारेर दिल्ली वान्डरसले ब्याटिङ गरिरहेको छ ।
सोमबारको पहिलो खेलमा नेपालले भारतकै एयर इण्डीयालाई ५ विकेटले हराएर विजयी सुरुआत गरेको थियो ।
नेपाल क्रिकेट संघ क्यानको प्राविधिक सहयोगमा जोरा ईन्टरनेशनलले आयोजना गरेको जर्नी टु वर्ल्डकप प्रतियोगितामा नेपाल र सिंगापुरको राष्ट्रिय टिमका साथै भारतका दुई टोली एयर इन्डिया र दिल्ली वान्डरर्स सहभागी छन् । लिग कम नक आउटको आधारमा खेलाइएको प्रतियोगिता शनिबार सकिने छ । नेपाललाई एकदिवसीय विश्वकपमा छनौट गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जोरा ईन्टरनेशन प्रालिले जनाएको छ ।