आर्थिक प्रणाली लिकमा ल्याएको अर्थमन्त्रीको दावी

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ११:३७ मा प्रकाशित

shankar koiralaझापा, ११ मंसिर– अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले वर्तमान सरकारले मुलुकको सङ्क्रमणकालको अन्त्य गरी राजनीतिक र आर्थिक प्रणालीलाई लिकमा ल्याउन सफल भएको दावी गरेका छन् ।

उनले राष्ट्रको बजेटको रकम आन्तरिक स्रोतको करबाट सङ्कलन गर्ने सोचाइ रहेको र यसका लागि दीर्घकालीन व्यवसाय, उद्योग, कोरोबार तथा उत्पादनमूलक रोजगारतर्फ जोड दिनुपर्ने उल्लेख गरे । एक समारोहबीच भद्रपुरस्थित आन्तरिक राजस्व कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै अर्थमन्त्रीले करको दर होइन कि दायरा बढाउने सोचाइ अर्थ मन्त्रालयको रहेको बताए ।

अर्थमन्त्री कोइरालाले १२ लाख करदाता रहेकामा अब १५ लाख करदातासम्म पुर्‍याउने लक्ष्य लिएको जानकारी गराए । सोही अवसरमा अर्थमन्त्री कोइरालाले मेची अञ्चलका ६ जना उत्कृष्ट करदातालाई ताम्रपत्र प्रदान गरी सम्मान गरे ।

दुई करोड ६२ लाखको लागतमा निर्माण भएको सो भवनको निर्माण विसं २०६९ चैत्रमा सुरु भई ०६९ साल साउनमा निर्माण सम्पन्न भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us