लामो दूरीका गाडीको टिकट बुकिङ सुचारु

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ११:५३ मा प्रकाशित

busकाठमाण्डु, २७ कात्तिक– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले लामो दूरीका भाडाका सवारी साधनको टिकट बुकिङ आजदेखि खुला गरेको छ । आन्दोलनरत दलले यही कात्तिक २५ गतेदेखि नेपाल बन्दको आह्वान गरेपछि महासङ्घले २४ गतेदेखि नै बुकिङ स्थगन गरेको थियो ।

यातायात व्यवसायीले सवारी साधन सञ्चालन गर्दा तोडफोड तथा क्षति भएमा सरकारले ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने भएपछि महासङ्घले आजदेखि बुकिङ खुला गरेका हुन् ।  सवारी साधनको रु पाँच लाखसम्मको बीमा १५ दिनभित्रमा, रु १० लाखसम्मको ३० दिनभित्रमा र सोभन्दा बढीको ४५ दिनभित्रमा बीमा उपलब्ध गराउन यात्रुलाई आवश्यक उपचार निःशुल्क उपलब्ध गराउन सरकार सहमत भएकाले आजैदेखि लामो दूरीका सवारी साधनको बुकिङ खुला गरिएको कोषाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

अहिले करिब ५०० सवारी साधन बसपार्कमा रहेको उल्लेख गर्दै यात्रुले टिकट लिएको खण्डमा यात्रुलाई गन्तव्यमा पु¥याउने दायित्व व्यवसायीको भएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us