यातायात व्यवसायीबाट बन्दको अवज्ञा

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ४:३० मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको बन्दबाट आजित सर्वसाधारणले बन्दको अवज्ञा गर्न थालेका छन् । काठमाण्डु उपत्यकालगायत देशभरका जिल्लामा यातायात बन्दको आंशिकमात्रै प्रभाव परेको छ ।

काठमाण्डुमा सोमबारको तुलनामा सवारीका साधन धेरै चल्न थालेका छन् । सडकमा माइक्रो बस, साझा बस, ट्याक्सी, सफा टेम्पो, कार र मोटरसाइकल निर्वाध चलिरहेका छन् । यद्यपी पर्याप्त सार्बजनिक गाडि नचल्दा यात्रुहरुले कष्टपूर्ण यात्रा गर्नुपरेको गुनासो गरेका छन् ।

सुनसरीको धरानमा बन्दको अवज्ञा गर्दै यातायात व्यवसायीले विहानैदेखि गाडि चलाएका छन् । धरानमा यातायात बन्दको प्रभाव न्यून देखिएको छ ।

बन्दकर्ताले ठाउँ ठाउँमा शंकास्पद बस्तु राखेर आतंक सिर्जना गर्न खोजे पनि सुरक्षाकर्मीले त्यसलाई निस्तेज पारेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us