एमाओवादी सभामा बम

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १२:२८ मा प्रकाशित

ताप्लेजुङ, २५ कात्तिक– एकीकृत माओवादीले सदरमुकाम फुङलिङमा गरेको चुनावी सभामा बम भेटिएको छ ।
फुङलिङको तोक्मेडाँमा चुनावीसभा भइरहेको समयमा सोमबार बम भेटिएको हो । बम देखेपछि सभामा सहभागी हुन आएका सर्वसाधारणबीच भागाभाग चलेको थियो । यद्यपि सुरक्षा निकायले भने बम भए/नभएको पुष्टि गरिसकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us