जागरण अभियान विथोल्न सप्तरी बन्द

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते ४:४३ मा प्रकाशित

राजविराज, २१ कात्तिक–एकीकृत नेकपा माओवादीको जागरण अभियानलाई विथोल्ने उद्देश्यले नेकपा–माओवादीले विहीबार सप्तरी जिल्ला बन्द गराएको छ । नेकपा–माओवादीका जिल्ला इन्चार्ज देवनाथ यादवले विज्ञप्ति जारी गरी जिल्ला बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण विहीबार बिहानैदेखि भाडामा चल्ने ठूला तथा साना सवारी साधन ठप्प हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु अभियान टोलीसहित सप्तरी हुँदै जनकपुर पुग्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us