तमलोपा उम्मेदवार खाँको निधन

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते ३:२० मा प्रकाशित

Tamalopaतौलिहवा, २१ कात्तिक–कपिलवस्तु क्षेत्रनम्बर १ का तमलोपाका प्रत्यक्षतर्फका उम्मेदवार सराफद खाँको निधन भएको छ । खाँको हृदयघातबाट विहीबार विहान निधन भएको हो ।

बुधबार राती हृदयघात भएपछि उनलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचार गर्दागर्दै खाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

५९ बर्षीय खाँको श्रीमती, ३ छोरा र २ छोरी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us