
दैलेख, २० कात्तिक–दैलेखको सल्लेरी गाविस–३ स्थित रानाटोलमा तरुण दलका जिल्ला सदस्य नविनसिंह राना मृत अवस्थामा फेला परेका छन् । बुधबार विहान ५ बजे घर नजिकै उनको शव फेला परेको हो ।
मंगलबार दिउँसो एमालेका चार जना कार्यकर्तासँग निस्केका उनलाई घरका सदस्यहरुले घर नजिकै फेला पारेका थिए ।
एमाले कार्यकर्तासँग विवाद भएपछि उनको हत्या गरिएको हुनसक्ने परिवारका सदस्यले आशंका गरेका छन् । परिवारको किटानी जाहेरीपछि चारजनालाई पक्राउ गरि छानविन थालेको प्रहरीले जनाएको छ ।