बैद्यलाई २६ सिट दिन सकिने बाबुरामको तर्क

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते १५:५२ मा प्रकाशित

baburam_250

 

Jhalanath-Khanalकाठमाण्डु १९ कात्तिक–एकीकृत माओवादीका बरिष्ठ नेता डा बाबुराम भट्टराइले संबिधानसभा निर्वाचनपछि २६ सिट राजनीतिक सहमतिमा मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीलाई दिन सकिने तर्क दोहोरयाएका छन । एमाले अध्यक्ष झलनाथ खनालले भने त्यसो गर्नु बैद्यका लागि अपमान हुने जिकिर गरेका छन । मेची महाकाली अभियानका लागि मंगलबार साँझ बिराटनगर पुगेका भट्टराईले नेकपा–माओवादी सहमतिमा आए निर्वाचनपछि पनि दलहरुको सहमतिमा संबिधानसभाको बाँकी २६ सिट दिन सकिने तर्क गरेका हुन । संबिधानसभामा दुई सय ४० प्रत्यक्ष निर्वाचित सदस्य हुनेछन भने तीन सय ३५ समानुपातिकबाट संबिधानसभामा पुग्नेछन । बाँकी २६ सिट राजनीतिक दलको सिफारिसमा मन्त्रिपरिषदले मनोनित गर्नेछ । खनालले मंगलवार काठमाण्डुमा पत्रकारहरुसँग भने ‘माओवादी जस्तो ठूलो शक्तिलाई त्यस्तो प्रस्ताव राख्नु अपमान हुन्छ । माओवादीसँग उसका एजेण्डालाई संविधानमा उल्लेख गर्ने र सहमति गर्ने विषयमा अब निर्वाचनपछि छलफल हुन्छ । अहिले यति र उति सीट दिन्छु भन्नु अपमान हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us