तलबको १० प्रतिशत अक्षय कोषमा

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते ७:५० मा प्रकाशित

जुम्ला, १७ कात्तिक–कर्णाली अञ्चल आयुर्वेद औषधालय जुम्लाका आयुर्वेदिक चिकित्सक डा योगेश वैद्यले आफ्नो तलबको १० प्रतिशत रकम अक्षय कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन ।
राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसर पारेर डा वैद्यले अक्षय कोषमा रकम जम्मा गर्ने वचन दिएका हुन । डा वैद्यले कार्यालयका लेखापालको जिम्मा रहने गरी कर्णाली आयुर्वेद औषधालय तथा राष्ट्रिय आयुर्वेद सहयोग समितिलाई ३२ हजार एक सय २५ रुपैया पनि प्रदान गरेका छन ।
आयुर्वेद पद्धति र उपचारका विषयमा सर्वसाधारणलाई जानकारी नभएकाले आयुर्वेदिक चिकित्साप्रति विश्वस्त हुन उनले आग्रह गरेका छन ।     आयुर्वेद विभागले वर्षमा एकपटक मात्र औषधि पठाउने तर त्यसले वर्षभरि आउने बिरामीलाई नपुग्ने भएकाले औषधालयमा आउने समस्त बिरामीले औषधि तथा उपचार विधि प्राप्त गरुन् भन्ने उद्देश्यले प्रति महिनाको तलबबाट १० प्रतिशत अक्षय कोषमा जम्मा गरिने उनले बताए । जसबाट कर्णालीका आयुर्वेदिक उपचार लिने जनताले आरोग्य हुन पाओस् भन्ने उनको चाहना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us