
पाँचथर, १६ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्मलाई समेटेर लैजाने जिकिर गरेका छन् ।
उनले आफ्नो पार्टीलाई स्थापित गराए राजा र माओवादी दुबैलाई मिलाएर देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने जिकिर गरेका हुन् । उनले राप्रपा नेपाललाई मत दिएर स्थापित गराए चाँडै नयाँ संविधान जारी गरी देशलाई आर्थिक क्रान्तितिर उन्मुख गराउने दाबी समेत गरे ।
शनिबार पाँचथरको सदरमुकाम फिदिममा चुनावी सभालाई सम्बोधन गर्दै थापाले पहिलो संविधानसभा विघटन हुनुमा चार ठूला राजनीतिक पार्टीको गैरजिम्मेवारीका कारण नयाँ संविधान निर्माण भई जारी हुन नसकेको आरोप लगाए ।