कुनैपनि हालतमा निर्वाचन हुन्छः एमाओवादी

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते ११:२२ मा प्रकाशित

agni sapkotaकाठमाण्डु, १६ कात्तिक– निर्वाचन प्रचारप्रसारका क्रममा मुलुकका केही भागमा छिटपुट घटना भएपनि तोकिएको मितिमा संविधानसभाको चुनाव भएरै छाड्ने एनेकपा माओवादीले जनाएको छ ।

एमाओवादी केन्द्रीय कार्यालयमा शनिबार अपराह्न भएको नियमित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सुरक्षा कमजोरीका कारण केही स्थानमा उम्मेदवारका सवारीसाधन आगजनी हुनु, राजमार्ग र यातायात सञ्चालनमा अवरोध भएपनि समग्रमा निर्वाचन भाडिने वातावरण नरहेको स्पष्ट गरे ।

माओवादीलाई प्रतिकारको चेतावनी

प्रवक्ता सापकोटाले निर्वाचन विरोधी गतिविधि गरिररहेको नेकपा–माओवादाीलाई राजनीतिक रुपमा प्रस्तुत हुन आग्रह गर्दै गैरराजनीतिक चरित्र देखाउँदै गएमा जनताले प्रतिकार गर्ने समेत चेतावनी दिए । उनले भने, ‘जनतालाई कम आँक्ने, जनताको चाहना र भावना विपरित जान खोजे त्यसका विरुद्ध स्वयम् जनताले नै प्रतिकार गर्ने छन् ।’

मुलुकभर भएका एमाओवादी उम्मेदवारहरुको सवारी साधन आगजनीमा हालसम्म नचिनेका मान्छेहरुको हात रहेको भन्दै सरकार कुनै पनि हालतमा पन्छिन नमिल्ने उनले बताए । प्रवक्ता सापकोटाले आगामी दिनमा पनि त्यस खालको गतिविधि जारी रहिरहे आफ्नो पार्टीले गम्भिर भएर सोच्न बाध्य हुने भन्दै चेतावनी समेत दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us