फोरम उम्मेदवार रेणुकुमारी यादव रिहा

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते ८:२८ मा प्रकाशित

renu_yadavसप्तरी, १५ कात्तिक– मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष तथा सप्तरी क्षेत्र नं ४ का प्रत्यक्ष उम्मेदवार रेणुकुमारी यादवसहितका नेता–कार्यकर्तालाई गएराति प्रहरीले छाडेको छ ।

प्रहरीसँगको झडपको क्रममा पक्राउ परेका उम्मेदवार यादवसहित फोरमका जिल्ला सचिव तथा समानुपातिक उम्मेदवार उमेशप्रसाद यादव र केदार यादवलाई राति छाडेपछि बिहानदेखि राजविराजमा बिहीबारदेखि उत्पन्न तनाव साम्य भएको छ ।

प्रहरीले आफ्ना उम्मेदवार र कार्यकर्तालाई कुटपिट गर्दै नियन्त्रणमा लिएको भन्दै फोरमका नेताकार्यकर्ताले बिहीबार दिनभरि जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडि प्रदर्शन गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us