
काठमाण्डु, १४ कात्तिक– माउन्टेन डिलाइट्स ट्रेक्स एण्ड एक्सपिडिसनले एसियाभरीबाट ‘रेस्पोन्सिबल टुरिज्म इन्स्पाइरिङ स्टोरिज फ्रोम डेस्टिनेसन कम्पिटिसन’मा जित हासिल गरेको छ ।
एसियाभरका ट्रेकिङ कम्पनी मध्येबाट गरिएको एक्सपिडिसनमा ३ कम्पनी ‘टप थ्री विनर्स एट आइटिबी एसिया’मा पर्न सफल भएको माउन्टेन डिलाइट्सका प्रवन्ध निर्देशक कमल सापकोटाले बताए । ‘आइटिबी एसिया’मा एसिया भरीबाट गरिएको प्रतिस्पर्धामा एसियाका ३ वटा कम्पनीहरुलाई उत्कृष्ट तीन विजेताको घोषणा गरिएको थियो ।
उत्कृष्ट तीन विजेतामा नेपालको माउन्टेन डिलाइट्स ट्रेक्स एण्ड एक्सपिडिसन, थाइल्याण्डको द फ्यामिली ट्रिम र श्रीलंकाको रेनफोरेस्ट रहेका छन् । सिंगापुरमा भइरहेको आइटिबी एसिया २०१३ टुरिज्म फेअरमा सो घोषणा भएको थियो ।
तीन विजेता कम्पनीले दुई वटा फ्रि स्टलका साथै उत्तरदायित्व पर्यटनको वेभसाइटमा सो तीन विजेताको स्टोरी राखिने भएको छ । धादिङको ज्यामरुङमा जन्मिएका सापकोटा र उनको टे«किङ कम्पनी यसअघि ‘आशा सामाजिक उद्यमशीलता अवार्ड’बाट पुरस्कृत भइसकेका छन् ।
सापकोटाको ट्रेकिङ व्यावसायसँगै सामाजिक कामका लागि टुकी नेपाल नामक संस्था पनि कार्यरत छ । सो संस्थाले ग्रामिण विद्युतीकरण, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग, उद्यमशीलता विकास लगायतका गतिविधिहरु पनि अगाडि बढाइरहेको छ ।