पेटबाट निकालियो दस किलोको ट्युमर

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ४:५६ मा प्रकाशित

चितवन, १४ कात्तिक–नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनमा एक महिलाको पाठेघरबाट १० किलोको ट्युमर निकालिएको छ । लमजुङको गाउँसहर गाविस–३ बस्ने ५२ वर्षीया बालकुमारी कुँवरको पाठेघरको शल्यक्रिया गरी बुधबार साँझ सो ट्युमर निकालिएको हो ।

मंगलबारदेखि पेट फुलेको भन्दै उपचारका लागि कुँवर अस्पताल आएकी थिइन् । उनको सिटीस्क्यान गरेर हेर्दा ट्युमर देखिएपछि शल्यक्रिया गरिएको डा. लोकबहादुर सेढाईंले जानकारी दिए । ट्युमरसँगै उनको पीत्तथैलीको शल्यक्रिया गरी पत्थरी पनि निकालिएको थियो । महिलाको अवस्था सामान्य रहेको डा. सेढाईंले बताए ।

अस्वाभाविक शल्यक्रिया भएकाले ती महिलाको उपचारमा २५ प्रतिशत छुट गरिएको अस्पतालका कार्यकारी निर्देशक पुष्प धितालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us