एमालेलाई पासाङले दिए खलनायकको संज्ञा

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते १२:४४ मा प्रकाशित

Pasangकाठमाण्डु, १३ कात्तिक– एकीकृत माओवादीका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रत्यक्षतर्फका उम्मेदवार नन्दकिशोर पुन ‘पासाङ’ले एमाले नेपाली राजनीतिको ‘खलनायक’ पार्टी रहेको आरोप लगाएका छन् ।

उनले कांग्रेसमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाले मात्रै गणतन्त्रप्रति प्रतिवद्धता जनाएको जिकिर गर्दै एमाले ‘खलनायक’ भएको बताए । कांग्रेसले सुरुमा गिरिजाप्रसाद कोइरालाका कारण र पछि जनआन्दोलनको बलका कारण मात्रै गणतन्त्र स्वीकार गरेको नेता पुनको भनाई थियो । कपनमा आयोजित चुनावी कार्यक्रममा बोल्दै प्रत्यक्षतर्फ आफूलाई सहयोग गर्न समेत सबैसँग आग्रह गरेका छन् ।

‘जतिबेला १७ सय मात्रैको बलिदानी भएको थियो त्यतिबेला हामीले गणतन्त्र र संविधानसभा निर्वाचनको प्रस्ताव राख्दा नेपालमा सम्भव नै नभएको बताउनेहरुले नै अहिले गणतन्त्र र संविधानसभालाई आफ्नो एजेण्डा बनाइरहेका छन्’, कार्यक्रममा नेता पुनले भने , ‘गणतन्त्र र संविधानसभा अस्वीकार गरेकै कारण १७ हजार भन्दा बढिले परिवर्तनका लागि बलिदानी गर्नुपर्‍यो, हजारौं वेपत्ता हुनुपर्‍यो । यी सबै घटनाका प्रमुख दोषी मुख्यतः कांग्रेस र एमाले हुन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us