
काठमाण्डु, १२ कात्तिक– एसियाली विकास बैंक (एडिबी)ले नेपालको विकास परियोजनाका लागि करिब १५ खर्ब रुपैयाँ (१५ अर्ब अमेरिकी डलर) छुट्याइएको छ ।
नेपालसँगको पाँचवर्षे साझेदारी रणनीति स्वीकृत गर्दै नेपालको दिगो एवम् समावेशी आर्थिक विकास सुनिश्चित गर्न एडिबीले रकम छुट्याएको हो । नेपालस्थित एडिबीको आवासीय कार्यालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै ऊर्जा, यातायात, सहरी क्षेत्र, शिक्षा र कृषि क्षेत्रको रुपान्तरणमा सहयोग अभिवृद्धि गरिने पनि जनाएको हो ।
रणनीतिमा नेपालको ग्रामीण तथा सहरी रणनीतिक सडक सञ्जाल तथा औद्योगिक विकास एवम् पर्यटन प्रवद्र्धनका लागि प्रमुख विमानस्थलको स्तरोन्नति, सन् २०१६ सम्ममा मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण पूरा गरी वितरण प्रणालीसँग जोड्ने, सीप विकास तथा विद्यालय क्षेत्र सुधार, जल व्यवस्थापनमा केन्द्रित भई कृषि विकास रणनीतिको कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको छ ।