
कञ्चनपुर, ९ कात्तिक– एकीकृत नेकपा (माओवादी) निर्वाचन क्षेत्र नं ४ का प्रत्यक्षतर्फका उम्मेदवार मोहन गिरी चढेको म१ज ७३ नम्बरको महिन्द्रा जिपमा आगजनी भएको छ ।
आगजनीबाट गाडीको पछाडिको दुईवटै सिट जलेर नष्ट भएको र अन्य भागमा पनि आंशिक क्षति भएको प्रहरीले जनाएको छ । निर्वाचन बहिस्कारवादी समूहले आगजनी गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता बिर्खबहादुर रावलले बताए ।
भीमदत्त नपा–५ वनखेतस्थित गाडी रोकिएको अवस्थामा एक्कासी दुई अपरिचित व्यक्तिले गाडीमा आगो लगाएर भागेको प्रहरी प्रवक्ता रावलले बताए । एमाओवादीका कञ्चनपुर सचिव गगन सिंहले भने नेकपा–माओवादीका कार्यकर्ताले आगजनी गरेको दाबी गरे ।