
चितवन, ९ कात्तिक– नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले काँग्रेस स्वार्थमा लाग्ने पार्टी नभएको दाबी गरेका छन् ।
मतदाताहरुलाई गम्भीर भएर चुनावी प्रचारमा लाग्न आग्रह गर्दै कुनै पनि स्वार्थमा नलाग्न कोइरालाले निर्देशन समेत दिएका छन् । आफ्नो उम्मेदवारलाई जिताउन पूर्ण शक्ति परिचालन गर्नसमेत कार्यकर्तालाई निर्देशन दिँदै तीनदिनदेखि चितवन रहेका सभापति कोइरालाल काँग्रेसले नजितेसम्म लोकतान्त्रिक संविधान नबन्ने ठोकुवा गरे ।
चितवनको क्षेत्र नं ४ अन्तर्गत शारदानगर गाविसमा शनिबार भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा विगतमा काँग्रेस पहिलो पार्टी बन्न नसक्दा समस्या आएको उल्लेख गर्दै भने, ‘निर्वाचनको एक वर्षभित्रमै लोकतान्त्रिक संविधान निर्माणका लागि काँग्रेस प्रतिबद्ध छ ।’