कर्णालीमा गाडी खसेकोबारे रास्वपा सांसदले मागे गृहमन्त्रीको जवाफ

काठमाण्डु टुडे २०८३ असार २२ गते १३:३५ मा प्रकाशित

काठमाण्डू, २२ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले कर्णाली दुर्घटनामा गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेका छन ।

आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै दुर्घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखसँग रुलिङको माग गरेका हुन । उद्धारमा विपक्षीले भनेजस्तो लापरबाही भएको साँचो हो ? भन्दै प्रश्न उठाए ।

उनले भविष्यमा कर्णाली राजमार्गमा हुनसक्ने दुर्घटना रोक्नका लागि सरकारले आफ्नो योजना सदनको रोष्ट्रमबाट दिनुपर्ने पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us