रतुवाखोलामा बगिरहेको अवस्थामा महिलाको शव फेला

काठमाण्डु टुडे २०८३ जेठ १६ गते १६:१२ मा प्रकाशित

झापा, १६ जेठ– झापाको रतुवाखोलामा बगिरहेको अवस्थामा महिलाको शव फेला परेको छ ।

दमक नगरपालिका–१० सेतुमाडीस्थित रतुवाखोलाको पुलमुनी बगिरहेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा प्रहरीका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार रातो भेस्ट र जिन्सको पेन्ट लगाएको अवस्थामा करिब ३२ वर्षीया महिलाको शव भेटिएको हो ।

शव ढाडिएकाले दुई/तीन दिन अघिको घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको पहिचान हुन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us